पाल्पामा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १५:१०

आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउंपालिका वडा-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार आइतबार सांझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर मृत्यु भएको हो ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन पुर्‍याइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१