सनराइज बैंकले यस वर्ष लाभांश नदिने घोषणा गरेको छ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीरूलाई कुनै लाभांश नदिने निर्णय गरेको हो।
गत वर्ष भने कम्पनीले ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसअघि लक्ष्मी बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट लााभांश वितरण नगर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया