अभिनेता सुशान्तसिंह राजपुतको फ्ल्याट अहिलेसम्म गएना भाडामा?

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १४:२४

लिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको साढे दुई वर्ष भयो। उनी बान्द्रास्थित फ्ल्याटमा मृत फेला परेका थिए।

समुद्रतिर फर्किएको चार बेडरूम भएको उनको बसेको उक्त फ्ल्याट आकर्षकमध्ये पर्छ। तर यो अहिलेसम्म भाडामा लागेको छैन।

रियल स्टेट ब्रोकर रफिक मर्चेन्टले यो फ्ल्याट मासिक पाँच लाख भारूमा भाडामा लगाउन विज्ञापन गरेका छन्। तर यो फ्ल्याट सुशान्तको भन्ने थाहा पाएपछि सम्पर्क गरेका ग्राहकहरू पनि नआउने समस्या भएको उनले बताएका छन्।

मानिसहरू यो फ्ल्याटमा बस्न डराएको पनि मर्चेन्टले बताएका छन्। सुशान्तको यही फ्ल्याटमा निधन भएको सुनेपछि त उनीहरू हेर्न पनि आउँदैनन्।

‘मानिसहरू यो फल्याटमा आउनै डराउँछन्। सुरूमा केही थाहा नहुँदा आउन खोज्नेहरू पनि सुशान्तको कुरा सुनेपछि हेर्न पनि आउँदैनन्,’ मर्चेन्टले भनेका छन्, ‘सुशान्त बितेको यति समय भइसक्यो, अब चाहिँ एकाध मान्छेले यो कुरा थाहा पाएर पनि हेर्नसम्म आउन थालेका छन्। अहिलेसम्म कसैले बस्ने निधो भने गरेको छैन।’

मर्चेन्टका अनुसार यो फ्ल्याट विदेश बस्ने भारतीयको हो। उनले अरू कुनै सेलेब्रेटीलाई भने यो फ्ल्याट नदिने भनेका छन्। त्यसैले फ्ल्याट मालिकको प्राथमिकतामा व्यापारी भएको उनले जानकारी दिए।

यसअघि सुशान्तले यो फ्ल्याट साढे चार लाख भारू महिनाको तिरेर बसेका थिए। ३६०० वर्गफिटमा फैलिएको यो अपार्टमेन्टमा चार वटा बेडरूम छ र बरन्डा पनि छ।

उनी सन् २०१९ मा यहाँ सरेका थिए। फ्ल्याटमा उनकी प्रेमिका रिया चक्रवर्ती र अरू केही साथीहरू पनि बस्दै आएका थिए। सुशान्तको निधनपछि यो फ्ल्याट खाली छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१