काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १२:२०

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तार्केश्वर नगरपालिका-३ तीनपिप्लेमा बागमती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना भएको हो।

दुर्घटना हुँदा सोही ठाउँका २३ वर्षीय सविन फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई ग्रीनसिटी अस्पताल सामाखुसीमा लगिएको थियो। त्यही उपचारको क्रममा मृत्यु भएको हो।

Esewanic
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१