सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७९, सोमबार १२:०९

सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ।

बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाडले सर्वसाधारणको लागि रु .१०० अंकित दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता  सेयर निष्काशन गर्ने भएको छ।

साधारण सेयर निष्काशन लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

प्रतिक्रिया