मेलाको विषयमा तुलसीपुरमा फेरि लफडा

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार १२:०२

मेलाको विषयलाई लिएर फेरि तुलसीपुरमा तनाब भएको छ। लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलाको लुम्बिनीका सिँचाई तथा जलस्रोत राज्य मन्त्रीले उद्घाटन गरेका थिए।

सहमति विपरित मेला सञ्चालन गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसहितका पदाधिकारी र केही ब्यापारी कालो पट्टी बाँधेर बजारमा माइकिङ गर्दै हिँडेका छन्।

उनीहरूले बिहान नौं बजेदेखि तुलसीपुरको घोराही चोकमा आधा घन्टा चक्काजाम गरि यातायातसमेत ठप्प पारेका थिए। त्यसपछि ब्यापारीहरू तुलसीपुरको मूल गुटमा टेन्ट टाँगेर धर्नामा बसेका थिए।

बेलुका उनीहरूले तुलसीपुर उपमहानगरपालिकाको मुल प्रवेशद्धारमा तालाबन्दी गरेका थिए। उपमहानगरको गेटमा मेयर हराएको भन्दै कालो रङले पेन्टिङ गरेका थिए।

Esewanic
मुल गेटमै मेयर हराएको सूचना लेखिएकोप्रति मेयर खड्का रिसाएका थिए। उनले प्रहरी प्रशासनलाई पनि त्यसबारे अवगत गराइसकेका थिए। त्यहीँ भएर सोमबार बिहानै २४ किलोमिटर टाढा घोराहीबाट प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीसहितको सुरक्षा अधिकारीहरु तुलसीपुर आए ।

 

प्रजिअ रेग्मी तुलसीपुर उद्योग वाणिज्य संघमा पुगेर ब्यापारीलाई सम्बोधन गरे। उनले मंसिर १५ गते स्थानीय सरकार, प्रहरी प्रशासन र ब्यवसायी बीच भएको सहमति कार्यान्वयन हुने वाचा गरे। वार्ताका लागि सबै ब्यवसायीलाई तुलसीपुर उपमहानगरपालिकामा लिएर गए।

बिहान पौंने दश बज्दै थियो। जनप्रतिनिधि र ब्यापारी नेताहरुको नगरको गेटमा जम्का भेट भयो। मेयर टीकाराम खड्काले गेटमा यो के लेखेको भन्दै ब्यापारी नेतासँग रिसाए। उनले गेटमा तैनाथ प्रहरीलाई लाठी हानेर त्यहाँका ब्यापारीलाई धपाउन निर्देशन दिए।

त्यहीँ क्रममा बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीलाई तुलसीपुर–१८ का वडाध्यक्ष माधव वलीले हातपातको प्रयास गरे। तुलसीपुर-११ का वडाध्यक्ष मानबहादुर रावतले पनि त्यसैगरि भिड्ने हिम्मत छ? भन्दै चेतावनी दिए।

जनप्रतिनिधि र ब्यापारी नेता बीचमा नोकझोक मात्रै भएन केही बेर ठेलम ठेल भयो। उनीहरुका बीचमा प्रहरी पुगेर सम्झाई बुझाई गरि रोके ।

 

प्रजिअ र प्रहरी प्रमुखले ब्यापारीले मुल गेटमा लगाएको ताला फोड्न लगाएपछि कर्मचारी कार्यकक्षमा प्रबेश गरेका थिए।

यसबाट ब्यापारी थप आक्रोसित भएका छन्। यद्यपी उपमहानगरपालिका भित्र नगरप्रमुख, प्रजिअ, प्रहरी प्रमुख र बाणिज्य संघका अध्यक्षका बीचमा वार्ता जारी छ।

पछिल्लो समय ब्यापारीले वार्तामा गएका ब्यवसायीलाई भिड्न आउनका च्यालेन्ज दिने र हातपातमा उत्रने वडाध्यक्षसहित मेयरले माफी माग्नुपर्ने अडान लिइरहेका छन्।

वाणिज्य संघका अध्यक्ष चालिसेले पछिल्लो समय जारी गरेको विज्ञप्तिमा जबसम्म जनप्रतिनिधिले माफी माग्दैनन् तबसम्म आन्दोलन जारी रहने उल्लेख गरेका छन्।

किन आन्दोलित छन् ? ब्यापारी

मंसिर १५ गते स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र मेला आयोजक पक्षका बीचमा भएको सहमतिको बुँदा नं. २ मा अब मेला सञ्चालन बाणिज्य संघ र च्याम्बर अफ कमर्सको सिफारिसमा मात्रै हुने भन्ने कुरा स्पष्ट उल्लेख थियो।

चार बुँदे सहमतिमध्ये दुई नम्बर बुँदामा त्यसरी मेला लगाउँदा स्टल वा सामान पनि ब्यवसायिक संगठनले सिफारिस गरे बमोजिम मात्रै राख्न पाइने भन्ने कुरा स्पष्ट उल्लेख छ।

तर, यतिखेर मेला आयोजकले त्यस बिपरित र आफूखुसी स्टल तथा फेन्सी आइटमका सामानको स्टल राखेकाले ब्यापारी बिरोधमा उत्रिएका हुन्।

‘हाम्रो बिरोध मेलाको हैन,’ एक ब्यवसायीले भने, ‘सहमति बिपरित स्थानीय ब्यापारीलाई मर्का पर्नेगरि स्टलहरु राखिएकोमा हो।’

ती ब्यjसायीका अनुसार कृषि र पर्यटन मेलाका नाममा बाहिरबाट कमसल र सस्तो मुल्यका सामान ल्याइ स्टलहरू राख्दा आफूहरूको सामान बिक्रि ठप्प हुने चिन्ता जाहेर गरे।

‘यो हाम्रो सिजन हो र अहिले जाडोका कपडा हामीले बेच्न नपाए कहिले बेच्ने,’ उनले प्रैश्न गरे, ‘यो मेलापछि झन्डै ६ महिना हाम्रो ब्यापारमा मन्दी छाउनेछ।’

उनले स्थानीय कृषि उपज र पर्यटन प्रवर्द्धनका लागि मेला महोत्सव लगाउनुपर्नेमा जम्मै भारतीय मानिसहरु ल्याएर मेला लगाउँदा पैंसा सबै विदेसिने चिन्ता गरे।

 

विभिन्न मनोरञ्जनका साधन र खेलबाट ठूलो धनरासी उठाएर विदेशीले लैजाने हुँदा भविश्यमा त्यसको असर स्थानीय बजारमा पर्ने उनले बताए।

तर, मेला आयोजक क्लवका अध्यक्ष अरुण लहरेले भने बाणिज्य संघको नाममा ब्यवसायमा हस्तक्षप गर्न नपाइने, सिन्डिकेट लाद्न नपाइने हुँदा मेला पुस ६ गतेसम्म सुचारु हुने बताए।

उत्पन्न समस्या समाधानका लागि अहिले पनि जारी छ। उपमहानगरपालिकामा ठूलो मात्रामा सुरक्षाकर्मी खटाइएको छ। मेला तुलसीपुर बजारदेखि करिब १ किलोमिटर टाढाहात्तीखौवा चोक नजिकै लगाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१