सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार ११:२७

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१