युरोपेली संसदका चार सांसद पक्राउ

suman100@gmail.com' suman basnet
२६ मंसिर २०७९, सोमबार ११:१९

चार शंकास्पद युरोपेली सांसदहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

यस घटनामा अनुशन्धानकर्ताहरुले खाडी मुलुकले घुस दिएर युरोपेली संसदको निर्णयमा प्रभाव पार्न खोजेको बताएका छन्। खाडी मुलुक कतार यसमा संलग्न भएको भन्ने कतार सरकारले खण्डन गरेको छ।

कतारमा जारी विश्व कप फुटबलको सन्दर्भमा युरोपेली संसदको १४ उपाध्यक्षमध्ये एक ईभा कायलीलाई हिरासतमा लिइएको छ। युरोपेली संसदमा समाजवादी र लोकतान्त्रिक समूह छन् भने ईभा कायली ग्रिक वाम झुकाव पासोक दलबाट निष्काशित भएकी छन्।

युरोपेली संसदको अध्यक्ष रोबेता मेत्सोला गृह देश माल्टबाट शनिबार ब्रसेल्स्‌ आएर सांसदहरुको छानबिनको प्रक्रियामा आफैं साक्षी भइन्। शुक्रबार भने बेल्जियम प्रहरीले १६ छापामारीका क्रममा ६ लाख युरो बरामद गरेको छ।

ईभा कायलीले पश्चिम एसियाको जिम्मेवारीमा विश्व कप आयोजक कतारको पक्षमा गएको महिना श्रमिक अधिकारको अग्रमोर्चामा रहेको बताईकी थिईन्। कतारले काफाला, धेरैजसो खाडी मुलुकहरुमा दासत्व जस्तै एउटा कानूनी संरचनाको खारेज गरेको सन्दर्भमा आएको उनको टिप्पणी हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१