माघको पहिलो साता तेह्रौं आहा-रारा गोल्ड कप २०७१ हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ कार्तिक २०७१, मंगलवार ०६:२५

timthumbपोखरा ,४ कार्तिक । तेह्रौं संस्करणको आहा-रारा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघको पहिलो साता हुने भएको छ । पोखरा रंगशालामा १२ दिनसम्म संचालन हुने अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित नकाउट फुटवल प्रतियोगिता माघको पहिलो साता देखि हुने भएको सहारा क्लव द्धारा जारी गरीएको विज्ञप्तिमा जनाइएको छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यले आयोजना हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, विदेशी टिमहरु, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी १२ टीमको सहभागिता रहने महासविच केशवबहादुर थापाले बताए । प्रत्येक खेलको मेन अफ दि म्याच एवं वेस्ट अफ फाईभका ट्रफी वेलायतमा निर्मित–सहारा यू.के.बाट प्रायोजन गरीने भएको क्लवले जनाएको छ । हिमश्री फूड्स प्रा.लि.को उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन, गोर्खा ब्रुअरीको रेडबुल सह–प्रायोजन, टेलीटक प्रा.ली.को कलर्स मोबाईलको उप–प्रायोजनमा प्रतियोगिता आयोजना हुने भएको हो ।

 फुटबल खेलको विकाससंगै, नयाँ प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्न, पोखरामा आन्तरिक एवं बाह्रय पर्यटन अभिवृद्धि गराउदै उक्त प्रतियोगिताबाट वचत हुन आउने रकमबाट कठिन परिस्थिती बिपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमी दोविल्ला सञ्चलानार्थ खर्च गरिने उद्धेश्य राखेकोे क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१