अमेरिकामा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवासायीको भूमिका विषयमा अन्तक्रिया

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार ११:४०

नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली व्यवसायीको भूमिका विषयमा अमेरिकास्थित महावाणिज्यदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले कार्यक्रममा नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए। दुई देशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने उल्लेख गरे।

विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूँजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले बताए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१