राति दाँत नमाझी सुत्नुहुन्छ । छोड्नुहोस् यस्तो नराम्रो बानी, नत्र लाग्न सक्छ यी ४ रोग

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार ११:२८

के तपाईं राति ब्रस गर्न अल्छी गर्नु हुनुहुन्छ? यदि हो भने यो अल्छीले तपाईलाई धेरै रोगको सिकार बनाउन सक्छ । राति ब्रस नगरी सुत्ने मानिसहरूलाई दाँतसम्बन्धी गम्भीर रोग लाग्ने खतरा बढी हुन्छ।  सासको दुर्गन्ध, दाँतमा किरा लाग्ने र गिजासँग सम्बन्धित रोगहरूले सताउन सक्छ। यस बाहेक पनि अन्य धेरै रोगहरुको सिकार हुन सकिन्छ । आउनुहोस्, विस्तृतमा जानौं।

राति दाँत नमाझ्नुको साइड इफेक्टहरु:

मुखको संक्रमण– राती ब्रस नगरी सुत्दा मुखमा संक्रमण हुने खतरा बढ्छ । जब तपाईं राति ब्रस नगरी सुत्नुहुन्छ, मुखको ब्याक्टेरिया सक्रिय रूपमा बढ्न थाल्छ र यसले ब्याक्टेरियाको संक्रमणलाई निम्त्याउँछ। ब्याक्टेरियाहरू र्यालको मद्दतले द्रुत रूपमा विकास हुन्छ र मुखमा संक्रमण निम्त्याउँछन्।

गिजाको रोग– ब्रस नगरी सुत्दा गिजाको रोग धेरै छिटो फैलिन्छ । यसले प्लाकको रूपमा ब्याक्टेरिया निर्माणको विकासलाई सहयोग गर्छ र ब्याक्टेरियाहरू बढ्नको कारण बन्छ।

हलिटोसिस– राती ब्रस नगर्दा ह्यालिटोसिस हुनेगर्दछ । यो रोग लाग्दा सास गन्हाउन थाल्छ। जब राती खाना खाएपछि ब्रश गर्नुहुन्न भने दाँतमा अड्केको खाना ब्याक्टेरियाका कारण त्यहीँ पच्न थाल्छ । जसका कारण मुखबाट दुर्गन्ध आउँछ ।

पिरियडोन्टल रोग- पिरियडोन्टल रोग दाँतका केही गम्भीर रोगहरू मध्ये एक हो। वास्तवमा, दाँत वरपरको हड्डी ममिने हुँदा यो रोगहरू निम्त्याउन सक्छ। पिरियडोन्टल रोगले दाँत झर्ने मकिने हुने गर्दछ । यसका साथै हृदयघात, निमोनिया, डिमेन्सिया, श्वासप्रश्वासको संक्रमण आदि रोग पनि यसबाट लाग्न सक्छ ।

त्यसैले आफ्नो लागि केही समय निकाल्नुहोस् र राति सुत्नुअघि दाँत माझ्नुहोस्। साथै, आफ्नो मुख स्वास्थ्यको सरसफाइमा विशेष ध्यान दिनुहोस्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१