बलात्कार आरोपमा कञ्जनपुरमा ३ जना पक्राउ

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार १०:४४

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्,

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।

जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबर्जस्तीकरणी गर्ने गरेको किशोरीको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१