अचार बिक्रीबाट मनग्य आम्दानी

suman100@gmail.com' suman basnet
२५ मंसिर २०७९, आईतवार १०:३७

सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार ।

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो ।

जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आएकी छन् ।

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन्। शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उहाँको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ ।

हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो । छोराछोरी पढाउन निकै मुस्किल हुन्थो । बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ । तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो । घर चलाउनै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए ।

उनले भने, “तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।” उनले थपे, “सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१