अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता बाँस्तोला

suman100@gmail.com' suman basnet
२१ मंसिर २०७९, बुधबार १५:२०

नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।

परिजिताले आकर्षक गीत गाइन् पनि तर, कम भोटको आधारमा उनी बाहिरिनुपर्‍यो । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँच अर्थात पाँचमा प्रवेश गरे । यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् ।

परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।

द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ । दुई एपिसोडमा फिनाले प्रसारणको तयारी छ ।

यता नेपालमा पनि एलिमेनेसन राउण्ड सुरु भएको छ । अहिलेसम्म भूपेन्द्र रणपाल र वर्षा इटानी मात्र बाहिरिएका छन् । दर्शकीय भोटका आधारमा थप दुई प्रतिस्पर्धी आगामी शुक्रबार र शनिबारका एपिसोडबाट बाहिरिने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१