टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

suman100@gmail.com' suman basnet
१९ मंसिर २०७९, सोमबार १५:३२

रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१