धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा, केही पक्राउ

suman100@gmail.com' suman basnet
१६ मंसिर २०७९, शुक्रबार ११:२२

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्।

ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्।

बिहिबार बिहान १० बजे धनगढीको पञ्चोदय माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

घटनाले वृहत रूप लिएपछि बिहिबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासन विरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएका हुन्।
प्रर्दशनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१