तोलामा १ हजारले बढ्यो सुनको भाउ

suman100@gmail.com' suman basnet
१६ मंसिर २०७९, शुक्रबार ११:१६

नेपाली बजारमा सुनको भाउ आज  एक हजारले बढेको छ।  बिहेको सिजन लागेसँगै सुन दिन प्रति दिन बढ्दै गइरहेको हो।

आज छापावाला सुनको मूल्य प्रति तोला एक हजारले बढेर ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज तेजावी सुन ९८ हजार ६ सयमा कारोबार भइरहेको छ।

बिहिबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार १ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार  छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९७ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।  तीन दिनमा सुन  १७ सय रुपैयाँले बढेको छ।
चाँदीको आज मूल्य प्रति तोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया