दुई दिन घट्यो डलरको भाउ, कति छ आजको मूल्य ?

suman100@gmail.com' suman basnet
१६ मंसिर २०७९, शुक्रबार ११:०२

डलरको भाउ बिहीबारयता लगातार दुई दिन घटेको छ । बिहीबार ४८ पैसाले घटेको डलर शुक्रवार ३३ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तोेकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ६५ पैसा छ भने विक्रीदर १३० रूपैयाँ २५ पैसा छ । गत बिहीवार प्रतिडलर खरिददर १२९ रूपैयाँ ९८ पैसा छ भने विक्रीदर १३० रूपैयाँ ५८ पैसा थियो । बुधवार १ अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ४६ पैसा थियो भने विक्रीदर १३१ रूपैयाँ ०६ पैसा थियो ।

डलरको भाउ घटे पनि आज युरो र पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोको भाउ ५४ पैसाले र पाउन्ड स्टर्लिङको भाउ १ रूपैयाँ ३२ पैसाले बढेको हो ।

आज १ युरोको विक्रीदर १३५ रूपैयाँ ९८ पैसा हुँदा बिहीवार यसको भाउ १३५ रूपैयाँ ४४ पैसा थियो । यस्तै, आज १ पाउन्ड स्टर्लिङको विक्री दर १५८ रूपैयाँ २१ पैसा छ । बिहीवार यसको विक्री दर १५६ रूपैयाँ ८९ पैसा थियो ।

                                    विदेशी मुद्राको विनिमयदर

                                 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१