काठमाडौं, ३ कार्तिक । नेपाल पर्यटन बोर्डमा अनियमितता भएकोबारे पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठसँग सार्वजनिक लेखा समितिले बयान लिएको छ । सोमबार समितिको बैठकमा उपस्थित भएर पूर्वमन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा कुनै प्रकारका अनियमितता नभएको दाबी गरे ।
उनले आफ्नो पालामा बोर्डमा भ्रष्टाचार भएको भनी कुनै उजुरी नपरेको दावी गरे । ‘मेरो पालामा उजुरी परेकै छैन,’ उनले भने, ‘अनियमितता भएको उजुरी परेको भए छानबिन गर्थें।’
आफ्नै पिएको श्रीमतीलाई जागिर लगाएकोबारे सदस्यहरुले सोधेको जिज्ञासामा उनले पिएको श्रीमतीलाई जागिर दिनु हुँदैन भन्ने कतै नलेखिएको जिकिर गरे ।
सभासदहरुले उनको कार्यकालमा पर्यटन बोर्डमा ६ करोड ९२ लाख रुपैयाँ भ्रष्टाचार भएकोसम्बन्धमा प्रश्न सोधेका थिए ।
वैठकमा वर्तमान पर्यटन मन्त्री दिपक अमात्य पनि उपस्थित थिए । पर्यटन बोर्ड सम्बन्धमा निर्णय गर्न समितिले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा सभासदहरु धनराज गुरुङ, विकास लम्साल, दिनेश श्रेष्ठ, डिम्पलकुमारी झा र हरिबोल गजुरेल छन् ।
प्रतिक्रिया