२७ वर्षपछि चर्चित पत्रकार रविश कुमारले एनडिटिभी छोडे

suman100@gmail.com' suman basnet
१५ मंसिर २०७९, बिहीबार १३:३३

भारतको प्रसिद्ध टिभी च्यानल एनडीटीभीबाट राजीनामा दिएपछि वरिष्ठ पत्रकार रविश कुमारले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलबाट भिडियो सन्देश जारी गरेका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘भारतमा पत्रकारिताको स्वर्ण युग कहिल्यै थिएन, तर आजको युग जस्तो भस्म युग पनि थिएन, जसमा पत्रकारिता पेशाका हरेक राम्रा कुरा भस्म गरिँदैछ ।’

सञ्चारमाध्यमको वर्तमान अवस्थाको आलोचना गर्दै उनले भने, ‘गोदी मिडिया र सरकारले पनि आफ्नो पत्रकारिताको अर्थ तपाईमाथि थोपर्न खोज्छन् । अहिलेको अवस्थामा म मेरो संस्थाको बारेमा खास केही भन्न चाहन्न किनभने तपाई भावुकतामा तटस्थ रहन सक्नुहुन्न । एनडिटिभीमा २६ – २७ वर्ष बित्यो। एनडिटिभीमा धेरै अद्भुत सम्झनाहरू छन्, जुन अब कथा सुनाउन उपयोगी हुनेछ।’

“मैले सबैबाट केही न केही पाएको छु, म सबैप्रति कृतज्ञ छु। एउटालाई उल्लेख गरेर बाँकीलाई छोड्नु उचित हुँदैन। छोरी विदा भएर जाँदा टाढासम्म पनि आफ्नो माइतीलाई फर्केर हेर्छिन्। म यस्तै अवस्थामा छु ।”

एनडिटिभीमा आफ्नो शुरुवातको सन्दर्भमा, रविश कुमारले भने कि उनी औपचारिक रूपमा अगस्ट १९९६ मा अनुवादकको रूपमा एनडिटिभीमा आवद्ध भए, तर त्यो भन्दा पहिले उनले लामो समय सम्म चिठी छुट्याउने काम गरे।

उनले भने, “जब म तपाइँहरु माझ गएको थिएँ, म घर फर्किनँ। म आफैंसँग बसिनँ। सायद अब म आफैंसँग बस्ने समय पाउँछु। यो साँझ यस्तो साँझ हो जहाँ चराले आफ्नो गुँड देख्न सक्दैन। सायद उसको गुँड खोसियो तर उसको अगाडि खुला आकाश पक्कै देखिन्छ।”

उनले थपे– चिठी छुट्याउने काम गरे पनि मलाई सहानुभूति चाहिँदैन किनकी म चिया बेच्ने कुरा गर्ने र विमानबाट ओर्लने मानिसहरु जस्तो होइन, आफ्नो संघर्षलाई महान बनाउन म यस्तो गर्न चाहन्न ।

उनले भने, “मेरो अगाडि संसार बदलिरह्यो, म टेस्ट म्याच खेलाडी जस्तै टिकिरहें। तर अहिले कसैले म्याच आफैं समाप्त गरेको छ, यसलाई टि-२० मा परिणत गरिएको छ। जनतालाई ४ आना ठान्ने जगत सेठ हरेक देशमा छन्, यो देशमा पनि छन् । यदि उनीहरू तपाईलाई सहि जानकारी पुर्‍याउने दावी गर्छन् भने त्यसको मतलब आफ्नो खल्तीमा डलर राखेर तपाईको खल्तीमा चार आना राख्न चाहन्छन्।

“जब पत्रकारले समाचार लेख्छ, जगत सेठले मुद्दा हाल्छन् र सत्संगमा गएर आफू पत्रकारको हित चाहन्छु भनी प्रचार गर्छन्। तपाई दर्शकले यो कुरा बुझ्नुभएको होला।”

रविश कुमारले बुधबार एनडिटिभीबाट राजीनामा दिएका थिए। आरआरपीआर होल्डिङ प्रालिका निर्देशक प्रणय रोय र राधिका रोयले राजीनामा दिएको एक दिनपछि रविश कुमारको राजीनामा आएको हो । अडानी समूहले एनडीटीभी कब्जा गर्ने प्रयासका बीच रविश कुमारले राजीनामा दिएका छन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१