एचआईभी एड्सको शरीरमा देखिने ७ लक्षण संकेत

suman100@gmail.com' suman basnet
१५ मंसिर २०७९, बिहीबार ११:५७

एड्स पूरै निको नहुने रोग हो । यो रोगबाट बच्ने एक मात्र उपाय भनेको जागरुकता नै हो । यसको लक्षण, कारण र बच्ने तरिकाबारे सबै व्यक्तिमा जानकारी हुन जरुरी छ ।

चिकित्सकका अनुसार एचआईभी संक्रमित व्यक्तिले स्वस्थकर खानेकुरा, डाइट र नियमित औषधि सेवन गर्ने हो भने सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सक्छन् ।

कसरी फैलिन्छ एड्स ? 
एचआईभी पोजेटिभ व्यक्तिसँगको असुरक्षित यौनसम्बन्ध, संक्रमितले प्रयोग गरेको इन्जेक्शन अर्को निरोगी व्यक्तिलाई प्रयोग गर्दा, संक्रमित व्यक्तिको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभी सर्न सक्छ ।

यसैगरी, एचआईभी संक्रमित महिलाले जन्माएको शिशुमा पनि यो रोग सर्न सक्छ ।

 एड्सको लक्षण 
एड्सको सुरुवाती दिनहरुमा कुनै पनि लक्षण देखिदैन । संक्रमित भइसकेको व्यक्ति पनि सामान्य व्यक्तिजस्तै देखिन्छ । तर, त्यसको केही वर्षपछि लक्षणहरु देखापर्न थाल्छन् ।

खोकी लाग्ने, ज्वरो आउने, थकाई लाग्ने, तौल कम हुने, अनुहारको छालामा, मुखमा, आँखामा वा नाकमा धब्बा देखिने गर्छ । विस्तारै स्मरणशक्ति कमजोर हुँदै जाने र शरीर दुख्ने समस्या यो रोगको मुख्य लक्षण हो ।

घाँटीमा खसखस हुने, ग्रन्थीहरु सुन्निने आदि लक्षणलाई पनि बेवास्ता गर्नुहुँदैन । छालामा चिलाउने, फुस्रो हुने, मांसपेशी दुख्ने आदि लक्षणले पनि एचआईभी एड्सको संकेत गर्छ ।

घाँटीको नली, मुख वा गुप्ताङ्गमा घाउ आउनु पनि एचआईभी एड्सको संकेत हो । डाक्टरका अनुसार रातिमा पसिना आउने, पेट बारम्बार बिग्रिने, पखाला लाग्ने आदि समस्या संक्रमित व्यक्तिमा देखिने लक्षण हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१