काभ्रेमा मात्रै ३२ हजार मत बदर,कुन क्षेत्रमा कति मत बदर?

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १४:२७

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा काभ्रेमा ३२ हजार बढी मत बदर भएका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधितथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रत्यक्ष तथा समानुपतिक गरी ३२ हजार ४४५ मत बदर भेटिएका हुन्।

 

 

 

जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार राईका अनुसार बुधबार सबै मतगणना सकिँदा प्रत्यक्षमा १४ हजार ५१२ र समानुपातिकतर्फ १७ हजार ९३३ मत बदर भएको छ।

समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ४२१ बढी बदर छन्।

दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ८ हजार २६३ मत बदर भएको छ भने प्रदेशसभामा ६ हजार २४९ मत बदर भएको छ। सबैभन्दा बढी मत क्षेत्र नं १ मा ४ हजार ४२६ मत बदर भएका छन्।

त्यस्तै, समानुपतिकतर्फ प्रतिनिधिसभामा ७ हजार ६३५ मत बदर भएको छ भने प्रदेशसभामा १ लाख ८६ हजार ४६४ मत खसेकोमा १० हजार २९८ मत बदर भएका छन्।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण अपेक्षा गरिएको भन्दा धेरै मत बदर भएको देखिन्छ। जिल्लामा कुल ३ लाख १० हजार ६३ मतदाता रहेकामा  १ लाख ८७ हजार २९४ मत खसेको थियो।

जिल्लामा ६२ दशमलव ८९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरूको गुनासो छ। तर मतदाताहरु भने, उम्मेदवार र राजनीतिक दलहरुको चुनावी गठबन्धन तथा तालमेल मुख्य रूपमा दोषी रहेको बताउँछन्।

कुन क्षेत्रमा कति मत बदर?

मंसिर ४ गते सम्पन्न निर्वाचनका अन्तिम मत परिणामअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा क्षेत्र नं. १ मा ८३ हजार ९३९ मत खसेको ४ हजार ४२६ मत बदर भएको छ। उक्त निर्वाचन क्षेत्रमा कुल १ लाख ५२ हजार ६२१ मतदाता रहेको छन्।

काभ्रे–२ मा १ लाख ३ हजार ६२ मत खसेकोमा ३ हजार ८३७ मत बदर भएको छ। यस निर्वाचन क्षेत्रमा १ लाख ५७ हजार ४४२ मतदाता रहेका छन्। त्यस्तै, प्रत्यक्षकै प्रदेशसभातर्फ काभ्रे–१ (क) मा १ हजार ५८४ मत, काभ्रे–१ (ख) मा १ हजार ४६३, काभ्रे–२ (क) मा १ हजार ४५१ र काभ्रे–२ (ख) मा १ हजार ७५१ मत बदर भएका छन्।

समानुपपितकतर्फ काभ्रे–१ मा मा ८३ हजार ६३३ मत खसेको ३ हजार ७२२ मत बदर भएको छ भने  काभ्रे–२ मा १ लाख ३ हजार ६६१ मत खसेकोमा ३ हजार ९१३ मत बदर भएका छन्।

त्यस्तै, काभ्रे–१ को दुईवटै प्रदेशसभाको गरी ४ हजार ८७२ मत र काभ्रे–२ को प्रदेशतर्फ ५ हजार ४२६ मत बदर भएको छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१