अवैध लागूऔषधसहित तीन जना पक्राउ

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १४:१५

अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजी सहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले ताप्लीबाट मिर्चैयातर्फ ३ वटा बोरामा उक्त परिमाणको गाँजा लैजादै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । त्यस्तै, कैलाली, लम्कीचुहा नगरपालिका–८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी,स्याङजा, गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ५० ग्राम सहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बल बहादुर बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१