काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार १२:०३

मंगलबार काठमाडौंमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ। मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो सम्मेलन नेपालमा पहिलोपटक आयोजना भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–लर्निङ तथा टेलिमेडिसिन युनिटको आयोजनामा सो सम्मेलन आयोजना भएको थियो। प्रतिष्ठानले स्वीट्जरल्यान्डस्थित जेनेभा विश्वविद्यालय र डिजिटल हेल्थ हबसँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले डिजिटल स्वास्थ्य सेवा मुलुक र जनताका लागि अत्यन्त आवश्यक रहेको र यसको प्रवर्द्धनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गरे। साथै, उनले डिजिटल स्वास्थ्य सेवालाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको औंल्याए।

कार्यक्रमका अर्का अतिथि नेपालका लागि स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले यस खालका सम्मेलनले सिकाइ आदानप्रदानका साथै भावी कार्ययोजना निर्माणका लागि पनि दिशानिर्देश गर्ने बताए। उनले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सम्मेलनमा स्वीट्जरल्यान्ड, जापान, अस्ट्रेलिया र भारतसँगै नेपालका सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। आयोजक समितिका सचिव डा. परमेन्द्रप्रसाद गुप्ताका अनुसार सम्मेलनमा ३० भन्दा बढी कार्यपत्र प्रस्तुत भएका थिए।

 

सम्मेलनको आयोजनाले डिजिटल स्वास्थ्य नीतिलाई सही मार्गनिर्देश गर्न सहयोग पुर्‍याउने सम्मेलन आयोजक समितिका अध्यक्ष प्राडा नरेन्द्र भट्टले दाबी गरे ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१