परिजिता बाँस्तोला द भ्वाइसको अन्तिम ८ मा

suman100@gmail.com' suman basnet
१४ मंसिर २०७९, बुधबार ११:५६

नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् ।

आफ्नो गीत परिजिताले गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छन् ।

प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले यतिबेला परिजितालाई जिताउन आग्रह गरिरहेका छन् । नेपाली समुदायले पनि उनलाई भोट गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१