सामान्य अंकले बढ्यो नेप्से परिसूचक

suman100@gmail.com' suman basnet
१३ मंसिर २०७९, मंगलवार १५:३८

साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०८ अङ्कले बढेर ३८२.६९ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। यसको आज ९ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिभम् सिमेन्टको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसूचक बढेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र एनसीसी बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईसी एशिया ब्यालेन्स फण्ड र ग्लोबल आइएमई ब्यालेन्स फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१