नेपालका सबै कम्युनिष्टहरू एक हुने:नेत्रविक्रम चन्द विप्लव

suman100@gmail.com' suman basnet
१३ मंसिर २०७९, मंगलवार १४:१२

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।

आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।

कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे । महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताएका छन् ।

उनले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।

संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्रमात्रै भएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०