सप्तरीमा एक पुरूषको हत्या

suman100@gmail.com' suman basnet
१३ मंसिर २०७९, मंगलवार १३:३४

सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला परेको छ।

मंगलबार बिहान सवा ७ बजे कञ्चनरूप नगरपालिका-१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने सञ्जय राउतको हत्या भएको हो।

उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। उनको शव घरबाट डेढ सय मिटरमा रहेको एक पोखरीको डिलमा शव फेला परेको हो।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। खबरपछि डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ।

घटनामा प्रयोग भएको हतियार पनि फेला परेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१