नेपाल एसबीआई बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

suman100@gmail.com' suman basnet
१३ मंसिर २०७९, मंगलवार ११:४४

नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। हाल बैंकको चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया