समानुपातिकमा सिके राउतको पार्टीभन्दा एकीकृत समाजवादी पछि

suman100@gmail.com' suman basnet
१३ मंसिर २०७९, मंगलवार १०:४१

प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी पछाडि छ । हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ । पहिलोपटक निर्वाचन लडेको जनमत पार्टीले भने २ लाख ८८ हजार २१६ मत प्राप्त गरिसकेको छ ।

राष्ट्रिय पार्टी बन्न समानुपातिकमा कूल सदर मतको ३५ मत पाउनुपर्छ । तर, अहिलेसम्म एकीकृत समाजवादीले यो अनुपातमा मत प्राप्त गरिसकेको छैन ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१