पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणिको संसदीय यात्रामा ब्रेक

suman100@gmail.com' suman basnet
११ मंसिर २०७९, आईतवार १२:४०

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको संसद् यात्रामा ब्रेक लागेको छ। महोत्तरी-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित भएका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले २२ हजार ३७३ मत ल्याए। विजयी भएका एमालेका उम्मेदवार महतोले २३ हजार ४०२ मत ल्याए। एमालेका महतोले १ हजार ३० मतको अन्तरले पोखरेललाई पराजित गरे।

महोत्तरी १ बाट जितको ह्याट्रिक गरिसकेका पोखरेल माओवादीबाट सरकारमा सहभागी हुने नेतामध्ये सबैभन्दा अगाडि पर्छन्। उनी संविधान सभाको निर्वाचन २०६४ र २०७० तथा प्रतिनिधि सभाको निर्वाचन २०७४ मा विजयी भएका थिए।

उनी २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री तथा २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।

निर्वाचित महतो जसपा परित्याग गरेर एमाले प्रवेश गरेर एमालेबाट उम्मेदवार बनेका थिए।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा महतोका छोरा जसपाबाट महोत्तरीको गैशाला नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१