मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

suman100@gmail.com' suman basnet
११ मंसिर २०७९, आईतवार १०:४०

तेह्रथुमको फेदाप गाउँपालिका वडानम्बर–२ मा मोटरसाइकल दुर्घटना हुँदा ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि धरान लैलाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१