सुनसरीबाट एमालेका रमेश बस्नेत प्रदेशसभामा निर्वाचित

suman100@gmail.com' suman basnet
९ मंसिर २०७९, शुक्रबार १३:१८

सुनसरी क्षेत्र नम्बर को प्रदेशसभा १ मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे ।

बस्नेतले ११ हजार १०२ मत ल्याउँदा कांग्रेसका थापाले ९ हजार ७५२ मत प्राप्त गरे । यस क्षेत्रमा प्रदेशसभातर्फ ३९ हजार ७१३ मत खसेकोमा ३७ हजार ९४२ मत सदर भएको थियो । स्थायी शिक्षकको जागिरबाट २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ गाविस अध्यक्षमा विजयी भएका थिए ।

बस्नेतले एमालेमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटिको सहसंयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल प्रदेश १ कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१