चितवन-२ बाट निर्वाचित रवि लामिछानेले विजय रर्याली नगर्ने

suman100@gmail.com' suman basnet
८ मंसिर २०७९, बिहीबार १३:२०

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले विजय रर्याली नगर्ने बताएका छन् । विजय र्यालीको साटो आज ३ बजे, भरतपुर १० गेस्ट हाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्ने बताएका छन् ।
उनले भनेका छन्– ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय उनले विजय र्याली गर्न चाहन्न । सभामा फूलमाला अबिर खादा केही पनि नल्याउन आग्रह गरेका छन् । सभा हुने ठाउँहरूमा २ वटा बाकस हुने र एउटा बाकसमा समस्या र अर्को बाकसमा बाकसमा उजुरी, समस्या, सुझाव राख्न आग्रह गरेका छन् ।
उनले आफू छिटोभन्दा छिटो काममा लाग्न चाहेको बताउँदै रर्याली गर्न नभ्याएका ठाउँमा म काम गर्न आउने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१