मोरङ-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रदेशसभा सदस्यमा विजयी

suman100@gmail.com' suman basnet
८ मंसिर २०७९, बिहीबार १०:२३

मोरङ ५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई ५ हजार २७८ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। आर्यालले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत प्राप्त गरेका हुन् । मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । निर्वाचन अधिकृत नायकले बताए । यसअघि मोरङ क्षेत्र नं. ५(१) मा कांग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् । आर्याल २०३८ सालमा नेविसंघ मोरङको सभापति भइसकेका छन् । २०६४ सालदेखि लगातार नेपाली कांग्रेसको मोरङको निर्वाचित जिल्ला सभापति भएर काम गरेका थिए ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएका उनी कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भएका हुन् । उनले २०७२ सालको संविधानसभा निर्वाचनमा तत्कालीन फोरमको अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१