भक्तपुर क्षेत्र नम्बर-१ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल विजयी

suman100@gmail.com' suman basnet
८ मंसिर २०७९, बिहीबार १०:०५

भक्तपुर क्षेत्र नम्बर-१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् । पछिल्लो परिणाममा प्रेम सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् । निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सबै मत गनेर सकिएको र अब परिणाम सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०