नवलपुर क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यमा दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी

suman100@gmail.com' suman basnet
७ मंसिर २०७९, बुधबार १०:४३

गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् । प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए । २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवार विजयी भएको थियो । प्रदेश (ख) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनाललाई पराजित गरेका हुन् । खनालले १४ हजार ७ सय ६१ मत ल्याए । निर्वाचन क्षेत्र नम्बर १ को १ मा एमालेका रोशन गाहा मगर पनि विजय नजिक पुगेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१