काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे ४ हजार मतान्तरले विजयी

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार २३:४९

काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्।

गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर चालिसेले नेकपा एमालेका कृष्णबहादुर राईलाई झन्डै चार हजार मतले पछि पार्दै विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

चालिसेले १५१५८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णबहादुर राईले १११९६ मत ल्याएका छन्। उनीहरूबीच ३९६२ को मतान्तर छ। अघिल्लो चुनावमा राई यही क्षेत्रबाट निर्वाचित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाबिक्रम थापा क्षत्री ५८६५ मत ल्याएर तेस्रो स्थानमा छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१