तिहारको समयमा भुलेर पनि नगर्नुस् यी ८ काम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७१, सोमबार ०७:३९

यसै साता तिहार छ । मंगलबार देखि यम पञ्चक नै शुरु हुँदैछ । तिहारको समय विशेष समय मानिन्छ हिन्दुहरुका लागि ।
यो समयमा लक्ष्मी अर्थात पैसाकी देवीलाई खुसी तुल्याउने समयकोरुपमा पनि लिइन्छ । शास्त्रमा दिपावलीको समयमा केही काम गर्न नहुने उल्लेख छ ।
यी काम गर्नु अशुभ हुने र यसबाट घरमा लक्ष्मीको बास नहुने समेत उल्लेख छ ।

तिहारको समयमा गर्न नहुने ८ काम

१ विहान अवेर सम्म नसुत्नुस्
यमपञ्चकको समयमा विहानमा सवेरै उठ्नु पर्ने शास्त्रमा उल्लेख छ । विहान ढिला सम्म सुत्नु अशुभ मानिन्छ । कमसेकम सूर्योदय अगाडीको ब्रम्ह मुर्हुतमा उठेर नित्यकर्म गर्दा लक्ष्मी प्रसन्न हुने शास्त्रमा उल्लेख छ ।

२ मान्यजनको अनादर गर्नु हुँदैन
हुन त सँधै नै मान्यजनको आदर गर्नु पर्छ तर दिपावलीको समयमा आफ्ना मान्यजनलाई अनादर हुने काम गर्नै नहुने शास्त्रमा उल्लेख छ । सके सम्म आफ्ना माता पिता वा मान्यजन र अन्य वृद्ध ब्यक्तिलाई समेत सम्मान र मायाँ गर्दा लक्ष्मी प्रशन्न हुने बताइन्छ ।


३ साँझको समयमा सुत्नु हुँदैन
तिहारको समयमा साँझको समयमा सुत्नु अशुभ मानिन्छ । विशेष परिस्थितिमा बाहेक दिपावली गरिरहेको समयमा सके सम्म साँझमा सुत्नु हुँदैन । विरामी गर्भवती वा वृद्ध वृद्धालाई भने यो नियम लाग्दैन ।


४ झ्याल ढोका लगाउनु हुँदैन
तिहारको समयमा सके सम्म घरका झ्याल ढोका बन्द नगर्नु भन्ने शास्त्रमा उल्लेख गरिएको छ । घरका झ्याल ढोका खोले मात्र लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास गरिन्छ । त्यसकारण दिपावलीको समयमा झ्याल ढोका बन्द नगरेको राम्रो ।


५ क्रोध नगर्नुस्
दिपावलीको समयमा क्रोध गर्नु वा चिच्याएर बोल्नु अशुभ मानिन्छ । यो समयमा चिच्याउने वा क्रोध गर्ने ब्यक्तिलाई लक्ष्मिको कृपा नरहने शास्त्रमा उल्लेख छ । सके सम्म घरमा शान्त र खुसीको वातावरण बनाइराख्नु पर्छ ।


६ झगडा नगर्नुस्
तिहारको समयमा झगडा गर्नु अशुभ मानिन्छ । सके सम्म घरभित्र वा घरबाहिर समस्या नै परेपनि अन्य तरिकाले सुल्झाउनु पर्छ झगडा गरेर होइन । तिहारको समयमा झगडा गर्दा लक्ष्मी बेखुसी हुने शास्त्रमा उल्लेख छ ।


७ घर फोहोर नगर्नुस्
दिपावलीको समयमा घरमा फोहोर राख्नु हुँदैन । तिहारमा घरका कुना कुना पनि सफा राख्नु पर्छ । घरमा दुर्गन्ध आउने सामग्री राख्नु हुँदैन । बरु घरमा अगर वत्ति बाल्नु उपयुक्त हुन्छ ।

८ लागु पदार्थ सेवन नगर्नुस्
दिपावलीको समयमा मदिरा लगायतका लागु पदार्थ सेवन गर्नु राम्रो मानिँदैन । दिपावलीको समयमा मदिरा लगायतका लागु पदार्थ सेवन गर्ने ब्यक्ति सँधैका लागि विपन्न हुने शास्त्रमा उल्लेख छ ।
nepaliheadlines.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१