जया मल्टिपल कलेजले ल्यायो स्नातक पहिलो वर्षमा उत्कृष्ठ नतिजा

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार १५:५६

काठमाडौं पूर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले शैक्षिक सत्र २०७७ सालको स्नातक पहिलो वर्षमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।

जया मल्टिपल कलेजले बीएमा ९० प्रतिसत तथा बीबीएसमा ७० प्रतिसत भन्दा भाथि उत्कृष्ठ नम्बर सहितको नतिजा ल्याउन सफल भएको जया मल्टिपल कलेजका प्राचार्य भवानी प्रसाद पौडेलले निगरानी दैनिकलाई जानकारी दिनुभयो । जया मल्टिपल क्याम्पस काठमाडौैंको पूर्वी क्षेत्र गोकर्णेश्वर नगरपालिका ०८ माकलबारिमा रहेको छ । जया मल्टिपल कलेजले २०६१ सालबाट निरन्तर रुपमा काठमाडौंको पूर्वी भेगमा परिचय बनाउदै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो । यस क्याम्पसले आफूलाई पूर्वी भेगमा परिचित बनाउदै, उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

हाल जया मल्टिपल क्याम्पसले मास्टर डिग्रीमा एमबीएस , स्नातक तहमा बीबीएस्, बीए, बीएसडब्लू, बीसीए, बीबीएम लगायतका कक्षा १२, ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालनमा गर्दै आएको जया मल्टिपल क्याम्पसका कोडिनेटर रुपक पौडेलले निगरानी दैनिकलाई बताउनुभयो । साथै कलेजले स्नातक तहमा बीसीए, बीबीएम, बीबीएस्, बीए,बीएसडब्लू, लगायतमा भर्ना भइ कलेजमा जोडिन तथा कक्षा ११ मा भर्ना हुन पनि आग्रह गर्नुभयो ।

कलेजका कोडिनेटर पौडेलले उत्कृष्ठ तथा गुणस्तरीय शिक्षाको लागि जया मल्टिपल कलेज सही शैक्षिक केन्द्र तथा सही गन्तव्य भएकाले गुणस्तरीय शिक्षा पाउन कलेजमा जोडिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१