दाङ-२ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

suman100@gmail.com' suman basnet
६ मंसिर २०७९, मंगलवार १०:४१

दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।

हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।

मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । त्यसपछि यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माका प्रतिनिधि विश्वराज आचार्यले ती मतपत्र मतपेटिकामा खसेका कूल मतपत्रको संख्याभन्दा बाहिरको भए स्वतः बदर हुनुपर्ने तर त्यही संख्याभित्रकै भए सदर गर्नुपर्ने आफूहरुको माग रहेको बताए । ‘यसमा कुनै नियत छैन भने जनताले पवित्र चाहनाले दिएको मतलाई सदर गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने, ‘यदि यो नियत हो भने सम्बन्धित व्यक्तिलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१