बाजुरामा गोली चल्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु, ३ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०७९, सोमबार ०४:१८

कामाठाडौं । बाजुरामा गोली चल्दा एक जनाको निधन भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अएडीको मृत्यु भएको हो ।

त्यस्तै, सुरक्षाकर्मीको गोली लागेर अन्य तीन जना घाइते भएका छन् ।मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ ।निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१