भ्रमपूर्ण प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति, निकाले संयुक्त विज्ञप्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७९, आईतवार ०६:०१

काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सामाजिक सञ्जालमा प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेको भन्दै सो कार्यप्रति ध्यानाकार्षण गराएका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले आज (शनिबार) संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो कार्यको आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ,‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् । र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१