श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

suman100@gmail.com' suman basnet
२ मंसिर २०७९, शुक्रबार १४:५३

दाङ ।  दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् । हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेकाे आरोपमा बाेटेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिनुभयो। सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे हत्या गरेको बयान बाेटेले दिएको प्रहरी निरीक्षक विष्टले दिनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१