राप्रपाको सम्पर्क कार्यालय तोडफोड

suman100@gmail.com' suman basnet
२ मंसिर २०७९, शुक्रबार ११:५०

मंसिर २, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो।

उहाका  अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरु एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भन्नु भयो। , ‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरु देखिएका छन् ।’

यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१