स्थिर समय अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७९, बिहीबार ०५:३९

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ। आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरु मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्देशन दिएको हो।

बुधबार निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले बताएका हुन्। उनले निर्वाचन आचारसंहीता बमोजिम स्थिर समय शुरु हुनुभन्दा ४८ घण्टा अघिबाट राजनीतिक दल र उम्मेदवारहरुले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए। उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।

सहप्रवक्ता भट्टराईले स्थिर समय शुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए। उनले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही हुनेपनि बताए।

उनले भने, ‘निर्वाचन आचारसंहीता २०७९ बमोजिम मतदानको दिन भन्दा ४८ घण्टा अघिदेखि उम्मेदवार तथा राजनीतिक दलले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। त्यसलाई हामीले त्यो बेला आचारणको रुपमा व्याख्या गरेका छौँ। कुनैपनि माध्यमबाट मत माग्न नपाइने भनेको सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट समेत प्रचारप्रसार गरेर मत मागन नपाइने व्यवस्था स्पष्ट हो। यस सन्दर्भमा आयोगले १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाइने गरी निर्देशन जारी गरेको छ। त्यसपूर्व नै सामाजिक सञ्जालमा कुनै त्यस्तो विज्ञापन छ भने त्यो अवधि शुरु हुनुभन्दा अगावै त्यस्ता किसिमका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनसमेत आयोगले निर्देशन जारी गरेको छ।

अटेर गरी विज्ञापन नहटाउने उम्मेदवार र राजनीतिक दललाई निर्वाचन आचारसंहीता २०७९ को उल्लंघन भएको ठहर गरी आयोगले निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहीता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाही गर्नेछ्।’ निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन सम्बन्धी प्रचारप्रसारका सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१