चुनावको मौका छोपेर अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७९, बिहीबार ०५:३१

काठमाडौं । चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ ।

सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने मूल्यवृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारी समेत निर्वाचनमा केन्द्रित भएको मौका छोपेर व्यापारीले आफूखुशी मूल्य तोक्न थालेको गुनासो उपभोक्ताहरूले गरेका छन् । नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यले दशैं, तिहारपछि मात्र दैनिक उपभोग्य हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभई अन्य वस्तुको समेत मूल्य बढेर आएको उनको भनाइ छ ।

पूर्वअध्यक्ष वज्राचार्यले पछिल्लो एक वर्षमा उपभोग्य वस्तुको मूल्य ३० प्रतिशतभन्दा धेरै बढिसकेको बताए । दशैं, तिहारका बेला प्रतिलिटर २४० रुपैयाँ पर्ने खानेतेल अहिले २८० रुपैयाँ पुगेको उनको भनाइ छ । सूर्यमुखी, भटमास तथा तोरीको तेलको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले बढेको उनले बताए ।

भारत सरकारले नेपालमा चामल निर्यातमा प्रतिबन्ध लगाएपछि मात्र प्रतिबोरा चामलको मूल्य ४०० रुपैयाँसम्म बढेको वज्राचार्यले बताए । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत कर हटेपछि चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै महँगोमा विक्री गरिरहेको उनको भनाइ छ । सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको उनले बताए ।

कुलेश्वरका खाद्य सामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल, चामलको मूल्य बढेर आएको बताए । भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारण चामलको मूल्य धेरै बढेको उनको भनाइ छ । यस्तै डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य बढेर आएको उनले बताए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१