बसको ठक्करबाट झापामा मैनाली दम्पत्तिको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७९, बुधबार ०६:४६

झापा। झापाको कन्काई ७ दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट एक दम्पतीको निधन भएको छ । मत्यु हुनेहरुमा अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षिय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनाली रहेका छन् ।

साँझ ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नरेन्द्र र पछाडि सवार उनकी श्रीमती सीता घाइते भएका थिए ।

घाइतेहरुको उपचारका क्रममा ४।२५ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिईएको पनि जनाईको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१