सञ्जय गौतम जितबारे ढुक्क, एजेण्डा र निष्ठाको राजनीतिक गरेको भन्दै जनता जिताउन आँतुर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७९, बुधबार ०६:३९

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतम आफ्नो जितबारे ढुक्क छन् । विगतमा आफूले गरेको काम र जनताका एजेण्डा बोकेको कारण नै आफ्नो जितको आधार भएको उनको दाबी छ । गौतम यतिवेला गठबन्धनका साझा उम्मेदवारहरुसँगै घरदैलोमा व्यस्त छन् ।

जिल्लाको समग्र विकासमा विगत लामो समयदेखि नै योगदान पुर्याएका गौतम जनतामा कहिल्यैपनि झुठो आश्वासन बाँड्दैनन् । उनी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिन्छन् । पार्टीभित्र निष्ठाको राजनीति गर्ने नेताको छवि बनाएका गौतम नेतृत्वले पनि विश्वास गरेको नेता हुन् ।

उनले सुकुम्बासी समस्यालगायतका समस्या समाधान गर्ने अठोट लिएका छन् । उनले कांग्रेस नेतृत्वको सरकार आएपछि अवरुद्ध भएको विकास निर्माणका कार्यले गति लिन थालेको भन्दै भोलि बन्ने गठबन्धनको सरकारले तिव्र गतिमा विकासको गतिलाई अघि बढाउने विश्वास दिलाउने गरेका छन् ।

उनले एमाले नेतृत्वको सरकारले मुलुक र जनताको चार वर्ष समय खेर फालेको पनि आरोप लगाएका छन् । उनले आफ्नो दलको सरकारले नागरिकतासम्बन्धी समस्याको पनि समाधान गर्ने विश्वास दिलाएका छन् । सो क्षेत्रका जनता गौतमलाई जिताउनको लागि आफूहरु आँतुर रहेको बताउन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१