पोखरामा पुस पहिलो साता मेयर कप साइकल रेस हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७९, मंगलवार ०५:४३

पोखरा । पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए ।

उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते हुनलागेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दी पोखराको झण्डा गोंगजुलाई हस्तान्तरण गरे ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ ।

कार्यक्रममा देशभरका साइकल यात्रीहरू सहभागी हुने छन् । पुर्व सन्ध्यामा हुन लागेको साइकल दौड पुस ६ गते रानी वन स्थित २० किलोमिटर दुरीमा हुने छ ।

प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार दिइने साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।

अहिले हुने टुर दी पोखरा छैटौं संस्करणको हो । ७२ किलोमिटर दुरीमा उक्त प्रतियोगिता हुने छ । यो वर्ष बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी जोड्ने गरी यात्रा हुने गोंगजुले जानकारी दिए । ‘दुई धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्न यो पटक टुर दी पोखरा हुने छ,’ उनले भने, ‘यसको सन्देश विशेष खालको छ । कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान हो ।’ पोखराको प्रचार गर्न पनि यो अभियानले विशेष योगदान पुगेको मेयर आचार्यले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१